२०८२, कार्तिक १७ गते

Nov 03 2025 | २०८२, कार्तिक १७ गते

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ रूपन्देहीमा नयाँ नेतृत्व

आइतवार , श्रावण १८, २०८२

  • 958
    Shares
  • 958
    Shares
  • बुटवल, १८ साउन । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ रूपन्देहीको दोस्रो अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले सोहन चौधरीको अध्यक्षतामा ३२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

    अधिवेशनले चयन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा सुदिप थापा, महिला उपाध्यक्षमा सीता जोशी, सचिवमा नेतन गुरुङ, महिला उपसचिवमा सुनिता राजकोटी, उपसचिवमा टेकबहादुर राना र कोषाध्यक्षमा हेमबहादुर थापा रहनुभएको छ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ  ।

    कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले नेकपा (एमाले) मुलुकको मूल राजनीतिक शक्ति भएको बताउनुभयो । उहाँले आदिवासी जनजातिहरू सधैं मुलुकको विकासमा क्रियाशील रही एमालेलाई बलियो बनाउने आधार स्तम्भको रूपमा सक्रिय रहँदै आएको बताउनुभयो । ‘मुलुकको समृद्धि र परिवर्तनमा आदिवासी जनजातिको ठूलो योगदान रहेको छ’, उहाँले भन्नुभयो, ‘अब तिनको यथोचित मूल्यांकन आवश्यक छ  ।’

    अधिवेशनको उद्घाटन सत्रमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य लिला गिरीले आदिवासी जनजातिहरूको हरेक आन्दोलनमा अग्रणी भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘एमालेले जातीय तथा वर्गीय विभेद अन्त्य गर्ने निरन्तर प्रयास गरिरहेको छ ।’

    कार्यक्रममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र पुन, महासचिव हिरु राना, एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य तुलसी चौधरी, लुम्बिनी प्रदेश उपाध्यक्ष भोज प्रसाद श्रेष्ठ, भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा लगायतले सम्बोधन गर्नुभएको थियो ।