
आइतवार , श्रावण १८, २०८२
भैरहवा, १८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर नगर समितिको बैठक शनिबार रुपन्देहीको भैरहवामा सम्पन्न भएको छ ।
बैठकले हरि बहादुर के.सी.र सुमित प्रधानलाई नगर उपाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । के.सी. सिद्धार्थनगर नगरपालिका–४ का वडा सदस्य समेत हुनुहुन्छ । प्रधान सिद्धार्थनगर–१ का स्थायी बासिन्दा हुनुहुन्छ ।
त्यस्तै नगर सचिवमा प्रकाश ढाडीलाई मनोनित गरिएको राप्रपा नगर अध्यक्ष कृष्ण प्रसाद अर्यालले जानकारी दिनुभयो । ढाडी सिद्धार्थनगर–७ का स्थायी बासिन्दा हुनुहुन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij