
आइतवार , श्रावण १८, २०८२
भैरहवा, १८ साउन । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल सियारी गाउँपालिका वडा नम्बर १, रुपन्देहीको दोस्रो अधिवेशन तथा वृक्षारोपण कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा ६१ वटा विरुवा रोपिएको कार्यक्रमका अध्यक्ष तथा संघको सियारी गाउँपालिका कमिटीका उपाध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभयो ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह–इञ्चार्ज विजय अधिकारीको प्रमुख आतिथ्यता, नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटी सदस्य तथा क्षेत्र नम्बर ३ का सचिव कृष्ण नेपालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा एमाले सियारी गाउँपालिका कमिटी अध्यक्ष सन्त बहादुर कुँवर, राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्य सुरेश यादव, रुपन्देही जिल्ला कोषाध्यक्ष श्रीराम न्यौपाने, सियारी गाउँपालिका अध्यक्ष शिव प्रसाद यादव लगायतको आतिथ्यता थियो ।
अध्यक्षमा भट्टराई
दोस्रो वडा अधिवेशनले मान प्रसाद भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा राम बहादुर थापा, सचिवमा राकेश चौधरी, कोषाध्यक्षमा संगीता थारु र सह–सचिवमा गणेश कुवर रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा हरिश चन्द प्रसाद चौधरी, संजय यादव, सुवास कार्की, रोहित थापा, युवराज दलामी, गणेश दलामी, सागर गौतम, सृष्टी कुवर, दिनेश चौधरी, बुधनी केवट र बैजु चौधरी रहनुभएको राष्ट्रिय युवा संघ सियारी गाउँपालिका उपाध्यक्ष कृष्ण कार्कीले बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij