
आइतवार , श्रावण १८, २०८२
तिलोत्तमा, १८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिलोत्तमा नगरपालिका वडा नम्बर ८, रुपन्देहीले शनिबार तीज मिलन कार्यक्रम गरेको छ ।
रास्वपा तिलोत्तमा–८ का सभापति रमाकान्त भुसालको अध्यक्षता, लुम्बिनी प्रदेश संगठन विभाग प्रमुख सुशील अधिकारीको प्रमुख आतिथ्यता, तिलोत्तमा नगर सचिव कृष्ण तिवारीको विशिष्ट आतिथ्यता तथा वडा समिति सचिव प्रकाश तिवारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै वडा सभापति भुसालले तीजको महत्व र परम्परासँगै तीज गीत र दरखाने कार्यक्रम गरिएको बताउनुभयो । उहाँले पार्टीका सदस्यहरू र समर्थकहरूको ठूलो सहभागीता रहेको यो कार्यक्रमले नेपाली संस्कृति र परम्पराको संरक्षणमा समेत जोड दिएको बताउनुभयो । कार्यक्रमले नेताहरुले तीज पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
हिन्दू नेपाली नारीहरूको महान पर्व हरितालिका तीज–२०८२ को अवसरमा बृहत तीज तथा दरखाने कार्यक्रम गरिएको रास्वपाका युवा नेता प्रतीक पाण्डेयले बताउनुभयो । कार्यक्रममा विभिन्न तीज गीतहरूको प्रस्तुति रहेको र जसले उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेको पाण्डेले बताउनुभयो । रास्वपाले यस कार्यक्रममार्फत पार्टीका गतिविधिहरूलाई सुदृढ पार्ने र महिला सशक्तिकरणमा पनि योगदान पुर्याउने उद्देश्य राखेको उहाँको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij