
शनिवार , चैत्र २८, २०७७
बुटवल, २८ चैत । नेपाल पत्रकार महासंघको निर्वाचनबाट लुम्बिनी प्रदेशमा बसन्त गिरी नेतृत्वको प्यानल विजयी भएको छ । निर्वाचन समितिका अनुसार हिजो राती सकिएको मतगणना अनुसार सो प्यानलले अध्यक्षमा गिरीसहित पदाधिकारी र सदस्यमा वर्चश्व कायम गरेको छ ।
निर्वाचन समितिका अनुसार अध्यक्ष गिरीसहित खुल्ला उपाध्यक्षमा शुक्रऋषी चौलागाई, महिला उपाध्यक्षमा चुमा आचार्य, महासचिवमा विक्रम खड्का भारी मतका साथ विजयी भएका छन् । सचिवमा जयसिंह केसी, सचिव (समावेशी) मा शिवकुमार सुनार र कोषाध्यक्षमा यमनाथ घिमिरे पनि भारी मतका साथ विजयी भएका छन् ।
यस्तै ५ जना खुल्ला सदस्यहरुमा प्रेमनारायण आचार्य, किरण विक्रम शाह, भुवन कार्की, गोपाल भण्डारी र केशरमान बिसि निर्वाचित भएका छन् भने ३ जना महिला सदस्यमा पार्वती बस्नेत, मिना ढकाल र सरला सुवेदी निर्वाचित भएका छन् ।
दलित सदस्यमा चिन्ता बहादुर दर्जी, आदिवासी जनजाति सदस्यमा गणेश सारु मगर र टेकबहादुर मास्की मगर, मधेशी सदस्यमा राम विकास चौधरी र बिन्दु कुमार चौहान विजयी भएका छन भने सदस्य अल्पसंख्यकमा मो.आरिफ अन्सारी विजयी भएका छन् ।
नेपाल प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारी नेपाल समुहसहित गठबन्धनको संयुक्त प्यानलले बसन्त गिरीको नेतृत्वमा उम्मेदवारी दिएको थियो भने उता प्रेस चौतारी नेपाल, प्रेस मञ्च, मिडिया नेपाल लगायतका संगठनको प्यानलबाट भरत केसी नेतृत्वको समूहले प्रतिष्पर्धा गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij