२०८२, भाद्र ३ गते

Aug 19 2025 | २०८२, भाद्र ३ गते

आज साउन महिनाको तेस्रो सोमबार

सोमवार , श्रावण १९, २०८२

  • 261
    Shares
  • 261
    Shares
  • काठमाडौं, १९ साउन । साउन महिनाको तेस्रो सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । 

    साउने सोमबारका अवसरमा पशुपतिनाथको सहज रुपमा दर्शन गर्न बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको थियो । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

    पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेष गरी महिला भक्तजनको भीड देखिन्छ । रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ ।  विवाहित महिलाले श्रीमान्को दीर्घ जीवनको कामना र अविवाहित महिलाले योग्य बरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ ।

    घर घरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रत बसी पूजाआजा गर्छन् । यस वर्ष साउनमा चार वटा सोमबार परेकामा तेस्रो सोमबार विगतका दुई सोमबार भन्दा बढी भक्तजनको घुइँचो देखिन्छ । 

    यसै गरी राजधानीको उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पनि भक्तजनको बिहानैदेखि घुइँचो लागेको थियो ।