२०८२, भाद्र २२ गते

Sep 07 2025 | २०८२, भाद्र २२ गते

प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोध जारी

सोमवार , श्रावण १९, २०८२

  • 733
    Shares
  • 733
    Shares
  • काठमाडौं, १९ साउन । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभामा विरोध कायमै राखेका छन् । 

    सोमबार बैठक सुरु हुनेबितिकै दुई दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद असिम साहलाई बोल्न समय दिनुभएको थियो । सांसद साहले भिजिट भिसाको नाममा भइरहेको मानवतस्करीको फाइल कहाँ पुग्यो भन्दै गृहमन्त्रीलाई प्रश्न गर्नुभयो ।

    उहाले घुस प्रकरणमा अडियो प्रकरणपछि राजीनामा दिएका राजकुमार गुप्तामाथि छानविन हुनुपर्ने बताउनुभयो । उहाले सरकारका मन्त्रीहरु बिभिन्न प्रकरणमा जोडिएको भन्दै सिंहदरबारबाटै छानविन सुरु गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो । 

    त्यस्तै राप्रपा सांसद ध्रुबबहादुर प्रधानले भिजिट भिसाका बिषयमा भएको कमीकमजोरीलाई उजागर गर्दा राप्रपा र रास्वपालाई व्यवस्था र संविधान विरोधी भनेर प्रधानमन्त्रीले भन्नु खेदजनक रहेको बताउनुभयो । 

    उहाले भिजिट भिसा प्रकरणमा न्यायीक छानविन नभएसम्म विरोध कायमै रहने स्पष्ट पार्नुभयो । त्यसपछि दुबै दलका सांसदहरुले सदन बहिष्कार गरेका थिए ।