२०८२, पौष १७ गते

Jan 01 2026 | २०८२, पौष १७ गते

कांग्रेसको चेतावनी : रास्वपा र राप्रपाविरुद्ध प्रतिवादमा उत्रन नपरोस्

सोमवार , श्रावण १९, २०८२

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, १९ साउन । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सदनमा रास्वपा र राप्रपा सांसदहरुको विरोध कायमै रहे प्रतिवादमा उत्रिनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिनुभएको छ ।

    सोमबार प्रतिनिधिसभा बैठकको आकस्मीक समयमा घिमिरेले भिजिट भिसाका बिषयमा दुई दलका सांसदहरुले ७० दिनदेखि सदनमा विरोध गरिरहदा गालिगलौज भएको भन्दै यस्तै प्रवृति निरन्तर अघि बढे यसबिरुद्ध प्रतिवादमा उत्रने अवस्था आउन सक्ने बताउनुभयो ।

    सदनमा आएर भ्रमपूर्ण रुपमा आफ्नो कुरा राख्ने र सदन बहिष्कार गर्ने काम उचित नभएको उहाको भनाइ छ । गोयवल्स शैलीमा झुटो कुरा गरेर आम जनतामा भ्रमित पार्ने र संसदलाई दुरुपयोग गर्ने अभ्यास बन्द हुनुपर्ने उहाले बताउनुभयो । 

    घिमिरेले रास्वपा र राप्रपा सांसदहरुले गरिरहेको विरोधप्रति कांग्रेसको गम्भीर आपत्ति रहेको जिकिर गर्नुभयो ।