२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

बहुविवाहलाई वैधता दिने बिषयमा कानूनमन्त्रीको जवाफ माग

सोमवार , श्रावण १९, २०८२

काठमाडौं, १९ साउन । नेकपा एमालेका सचेतक सुनिता बरालले बहुविवाहलाई वैधता दिने प्रस्तावित कानूनका बिषयमा कानूनमन्त्रीको जवाफ माग गर्नुभएको छ । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बरालले बहुविवाह असामाजिक र गैरकानूनी बिषय भएको भन्दै यसलाई वैधता दिने चर्चाका बिषयमा कानूनमन्त्रीको जवाफ माग गर्नुभएको हो । गम्भीर बिषयमा कानून निर्माण हुँदा वा संशोधन हुँदा संवेदनशील हुन र सामाजिक रुपमा उठेका बिषयमा उहाले सरकारको ध्यानाकर्षण गराउनुभयो । 

त्यस्तै अन्य सांसदहरुले पनि बहुविवाहलाई वैधता दिने बिषयमा भएका चर्चा परिचर्चाप्रति ध्यानाकर्षण भएको भन्दै कानूनमन्त्रीको जवाफ माग गरेका थिए