images

सोमवार, बैशाख २४ गते २०८१

‘वर्तमान सरकारले मात्रै किसानको मुद्दा सम्बोधन गर्न सक्छ’

‘वर्तमान सरकारले मात्रै किसानको मुद्दा सम्बोधन गर्न सक्छ’

images
images
images
शनिवार, चैत्र २८ २०७७
शनिवार, चैत्र २८ २०७७
  • ‘वर्तमान सरकारले मात्रै किसानको मुद्दा सम्बोधन गर्न सक्छ’

    तिलोत्तमा, २८ चैत ।
    अखिल नेपाल किसान महासंघका केन्द्रीय संयोजक कमलराज श्रेष्ठले वर्तमान सरकारले मात्रै किसानको मुद्दा सम्बोधन गर्न सक्ने बताएका छन् । उनले केपी शर्मा ओलीले नेतृत्व गरेको वर्तमान सरकारले नै किसानका मुद्दा बोकेकाले यही सरकार नै किसानहरुको आशा र भरोसा रहेको बताए ।

    images
    images
    images

    अखिल नेपाल किसान महासंघ रुपन्देहीको अगुवा कार्यकर्ता भेलालाई शनिबार तिलोत्तमामा सम्बोधन गर्दै उनले किसानलाई मल, बिउको व्यवस्था गर्नेदेखि लिएर उत्पादनको बजारीकरणमा सरकारले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै सरकारले ल्याएका नीतिहरु सम्बन्धित पक्षले कार्यान्वयन गर्ने हो भने किसानको जीवनस्तरमा सुधार आउने पनि बताए । उनले स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकार किसानप्रति जवाफदेही हुनुपर्ने भन्दै किसानले भोगिरहेका समस्या समाधानका लगि महासंघले आवाज उठाइरहेको पनि बताए ।

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले राष्ट्रिय रुपमा बजेटको हिसाबले कृषि दोस्रो प्राथमिकतामा रहेको उल्लेख गरिन् । उनले लुम्बिनी प्रदेश सरकारले भने अरु प्रदेश सरकारलाई पनि उछिनेर कृषिलाई पहिलो प्राथमिकतामा राखेको र कुल बजेटको १२ प्रतिशत कृषि क्षेत्रमा बिनियोजन गरेको बताइन् ।
    मन्त्री पौडेलले किसानको सूचीकरण गर्ने काम सुरु भएको र कृषिको विकासमार्फत प्रदेशलाई समृद्ध बनाउने योजना अनुसार प्रदेश सरकारले काम गरिरहेको उनले बताइन् ।

    कार्यक्रममा बोल्ने किसान अगुवाहरुले किसानहरुले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरण गर्ने शैली परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए । कृषि उत्पादनको बजारीकरण गर्दै किसानले लागत मूल्य पाउने व्यवस्था गर्नुपर्नेमा उनीहरुको जोड थियो ।
    अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश संयोजक खडग खड्काले किसानहरु आत्मनिर्भर हुनका लागि सामूहिक कृषि प्रणालीमा जानुपर्नेमा जोड दिए । राष्ट्रियताको चर्का कुरा गर्ने तर आफूले उत्पादन नगरी भारतीय कृषिजन्य उत्पादनको भरमा बस्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था रहेको भन्दै उनले किसानले उत्पादन गरेको धान विक्री नहुने तर भारतबाट ठूलो परिमाणमा धान आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने माग गरे ।

    लुम्बिनी प्रदेशसभा सदस्य जाल्पा भुसालले उत्पादन बढाएर किसानलाई धनी बनाउनुपर्ने आवश्यकतामा जोड दिदै यसका लागि किसानको उत्पादनले बजार पाउने व्यवस्थाको सुनिश्चित हुनुपर्ने बताइन् ।

    अखिल नेपाल किसान महासंघका केन्द्रीय कार्यालय सचिव सरिता भुसालले सरकारको मात्र मुख नताकी उत्पादन वृद्धि गर्नतिर किसानहरु अग्रसर हुनुपर्ने बताउँदै सरकारले बनाएका नीति र योजनालाई कार्यान्वयन गर्न सक्ने हो भने किसानको उन्नति हुने बताइन् । उनले व्यावसायिक उत्पादनमा जोड दिने हो भने बजारको समस्या नहुने पनि बताइन् ।

    महासंघका रुपन्देही जिल्ला सह–संयोजक कृष्णप्रसाद पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, अखिल नेपाल किसान महासंघकी स्थायी कमिटी सदस्य गोमा खनाल, पुष्पखेतीका अगुवा देवी वाग्ले, महासंघका जिल्ला सह–संयोजक लक्ष्मण भण्डारी लगायतले पनि आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।


    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij