
बुधवार , श्रावण २८, २०७७
भैरहवा, २८ साउन ।
लियो क्लब अफ सिद्धार्थनगर युथले रुपन्देहीको मायादेवी गाउँपालिका–६ स्थित बेथरी चोकमा मास्क तथा स्यानिटाइजर वितरण गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट रोकथामको लागि सहयोग पुगोस् भन्ने उद्देश्यले ८ सय वटा मास्क र स्यानिटाइजर वितरण गरिएको क्लबका वर्ष २०२०/२१ का अध्यक्ष विकास यादवले बताए । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सिद्धिविनायक पोलिक्लिनिक, बेथरीको सहयोगमा मास्क तथा स्यानिटाइजर वितरण गरिएको यादवले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु एरिया–४ का को–चिफ धिरज मल्लिकले क्लबले गरेको कार्य सराहनीय रहेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा सिद्धिविनायक पोलिक्लिनिकका अध्यक्ष रामचन्द्र मौर्य, लायन्स क्लब अफ सिद्धार्थनगर युथका तृृतीय उपाध्यक्ष सुनिल सेञ्चुरी, द्वितीय उपाध्यक्ष अनित कुमार गुप्ता, लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका तृतीय उपाध्यक्ष तथा लियो क्लब अफ सिद्धार्थनगर युथका संस्थापक अध्यक्ष रविकान्त उपाध्याय, लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका सचिव राजन शुक्ला, लियो क्लब अफ सिद्धार्थनगरका पूर्व अध्यक्ष तथा रिजन चेयरपर्सन सुमन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम संयोजक साइमा खानको स्वागत, तृतीय उपाध्यक्ष दिनेश चौधरीको ध्वजा अभिवादन, केशवराज पालको लियो प्लेज तथा सचिव शिव कुमार मौर्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij