२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

ओली सरकारले सपना बाड्नेबाहेक केही गरेन : डा. शंशाक कोइराला

शनिवार , चैत्र २८, २०७७

भैरहवा, २८ चैत ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारले चुनाव गराए सर्वनाश हुने बताएका छन् । उनले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले मात्रै चुनाव गराउनुपर्नेमा जोड दिए । 

नेपाली कांग्रेस क्षेत्र नम्बर ४ रुपन्देहीले शनिबार मायादेवी गाउँपालिका–३ गुण्डा चौराहामा आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले भने, ‘ओली नेतृत्वको सरकारले सपना बाड्नेबाहेक विकासको नाममा सिंकोसम्म भाँचेको छैन् ।’

कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रयास भइरहेको भन्दै उनले कांग्रेस नेतृत्वमा तीन दलको सरकार बनाएर चुनावमा जानुपर्नेमा जोड दिए । 

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणले केपी शर्मा ओली मधेश विरोधी भएको आरोप लगाए ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद तथा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाह, कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाक, प्रतिनिधिसभा सांसद प्रमोद कुमार यादव, नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक फखरुद्दीन खान, प्रदेशसभा सांसद अष्टभुजा पाठक, वसिउद्दिन खान, पुष्पा चौधरी, कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांण लगायतले कांग्रेस अब निर्णायक शक्तिका रुपमा नेपाली जनतामाझ आउने बताए ।

सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका थिए ।