
मंगलवार , श्रावण २०, २०८२
काठमाडौं, २० साउन । नेकपा एमालेका सांसद ठाकुर गैरेले सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबा खण्डमा ठूलो पहिरो जाँदा २० घण्टादेखि यातायात अवरुद्ध भएको बताउनुभएको छ ।
आज प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले सडक अवरुद्ध हुँदा यात्रुहरुको आगागमन प्रभावित हुनुका साथै मालबाहक गाडहरु समेत चल्न नसकेको बताउनुभएको हो । यात्रुहरु बाटोमा बिचल्लीमा पर्ने स्थीति आएको भन्दै सांसद गैरेले वैकल्पिक बाटो सञ्चालन गर्न तिनाउँ गाउपालिकासहित सुरक्षाकर्मीहरुले प्रयत्न गरेपनि सफल हुन नसकेको सांसद गैरेको भनाइ छ ।
संसदमा बोल्दै सांसद गैरेले भन्नुभयो–‘पश्चिम पाल्पाको जुठापैवामा पनि बाटो भाँसिएर स्थानीय जनजीवन प्रभावित बनेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको आर्यभञ्ज्याङ–राम्दी खण्डसहित ग्रामिण सडकहरु समेत पहिरोले बन्द भएका छन् । विद्यार्थीले पढ्न पाइरहेका छैनन् भने स्थानीयकोे आवाजजावत बन्द छ । सिद्धार्थ राजमार्ग भएर पर्वत, अर्घाखाँचीसम्म पुग्ने नागरिकले समस्या भोग्नुपरेको छ ।’
सांसद गैरेले सिद्धार्थ राजमार्गमा देखिएको अवरोध तत्काल हटाउन सरकारसँग माग गर्नुभयो । सम्भव भएसम्म सिद्धबाबा सुरुङ मार्गबाट साना गाडीहरु पास गराउन उहाँले माग गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij