२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

पशुपति कलेजको अध्यक्षमा तामबहादुर राना विजयी

आइतवार , चैत्र २९, २०७७

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • तिलोत्तमा, २९ चैत । पशुपति कलेज तिलोत्तमा–१६ कोटिहवा, रुपन्देहीको सञ्चालक समिति अध्यक्षमा तामबहादुर राना निर्वाचित भएका छन् ।

    राजनीतिक रुपमा दुई प्यानलबीच भएको प्रतिष्पर्धामा नेपाली कांग्रेस निकट अर्चित श्रेष्ठलाई ३७ मतले हराउँदै नेकपा एमाले निकट राना अध्यक्षमा निर्वाचित भएका हुन् । उनले  १२९ मत प्राप्त गरे भने श्रेष्ठले ९२ मत ल्याए।

    एक जना सदस्यबाहेक राना नेतृत्वकै पुरै प्यानल विजयी भएको जनाइएकाे छ। उपाध्यक्षमा लिला बल्लभ गैरे विजयी भएका छन्।

    त्यसै गरी सदस्यहरुमा भीमलाल बस्याल, गोमा गैरे, पूर्णभद्र बस्याल, देवानन्द पाण्डे, भूपति न्यौपाने र अर्का सदस्यमा कांग्रेस निकट शेरबहादुर थापा निर्वाचित भएका छन् ।

    निर्वाचनमा कांग्रेस र जनमुक्ति पार्टीबीच तालमेल भएको थियो भने एमालेलाई नेकपा (माओवादी केन्द्र) ले समर्थन गरेको थियो।