२०८२, चैत्र १८ गते

Apr 01 2026 | २०८२, चैत्र १८ गते

दोलखामा म्याग्नेसार्ईट उद्योग सञ्चालन गर्ने÷नगर्ने निर्णय गर्छौं : उद्योगमन्त्री भण्डारी

मंगलवार , श्रावण २०, २०८२

  • 880
    Shares
  • 880
    Shares
  • काठमाडौं, २० साउन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले डिडिए अध्ययन प्रतिवेदनको आधारमा दोलखाको खरिढुङ्गास्थित म्याग्नेसार्ईट उद्योग सञ्चालन गर्ने÷नगर्ने निर्णय हुने बताउनुभएको छ ।

    मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएका हो । नेपाल ओरेन्ट म्याग्नेसाईट प्रा.लि. सञ्चालनका सम्बन्धमा गर्नुभएको प्रश्नमा मन्त्री भण्डारीले यस्तो जवाफ दिनुभएको हो । नेपाल ओरेन्ट म्याग्नेसाईट प्रालि लगायतका प्रतिष्ठानहरुको अवस्था विश्लेषण गरी भावी कार्यदिशा निर्धारण गर्नको लागी मन्त्रालयले विभिन्न मितिमा अध्ययनक कार्यदल गठन गरेको बताउनु भयो । उक्त कार्यदलबाट प्राप्त प्रतिवेदनको आधारमा आवश्यक कारबाही अगाडी बढाउने उहाँको भनार्ई छ । 

    मन्त्रीपरिषद्को २०८२ वैशाख १५ गतेको बैठकले नेपाल ओरेन्ट म्याग्नेसाईट प्रा.लि. लगायतका सात वटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न स्वीकृती प्रदान गर्ने निर्णय गरेको जानकारी गराउँदै उहाँले सोही बमोजिम अर्थ मन्त्रालयबाट डिडिए गर्न अध्ययन टोली गठन गरिएको जानकारी दिनुभयो । डिडिए अध्ययन प्रतिवेदन सहितको विश्लेषको आधारमा उपयुक्त विकल्प चयन गरी उद्योग सञ्चालन गर्ने योजना रहेको उहाँको भनाई छ ।

    उहाँले भन्नुभयो, ‘मन्त्रीपरिषद्को २०८२ वैशाख १५ गतेको बैठकबाट नेपाल ओरेन्ट म्याग्नेसाईट प्रा.लि. लगायतका सात वटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न स्वीकृती प्रदान गर्ने निर्णय भए बमोजिम अर्थमन्त्रालयबाट डिडिए गर्न अध्ययन टोली गठन गर्ने कार्य अघि बढाईएको छ । डिडिए अध्ययन प्रतिवेदन सहितको विश्लेषको आधारमा उपयुक्त विकल्प चयन गरी सञ्चालन गर्ने योजना गरेको छ ।’ 

    उहाँले रुग्ण प्रतिष्ठानहरुमा भएकोे सरकारी लगानी व्यवस्थापन गर्नको लागी मन्त्रालयले २०८० माघ २५ गते अर्थम न्त्रालय मार्फत सरकारी लगानी समितिलाई पत्राचार गरिसकेको समेत जानकारी दिनुभयो । मन्त्रालयले विभिन्न मितिमा बन्द अवस्थामा रहेका प्रतिष्ठानहरुको पुनःसञ्चालन सम्बन्धी प्रश्तुतीकरण सहितको छलफल पनि सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।