२०८२, चैत्र १८ गते

Apr 01 2026 | २०८२, चैत्र १८ गते

म कुलिङ पिरियडकै पक्षमा छु, समितिले मेरो नाम लिएको छैन : रामहरि खतिवडा

मंगलवार , श्रावण २०, २०८२

  • 943
    Shares
  • 943
    Shares
  • काठमाडौं, २० साउन । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले आफू सधैँ कुलिङ पिरियडको पक्षमा रहेको बताउनुभएको छ ।

    संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समितिले पठाएको रिपोर्टमा कतै पनि आफ्नो नाम उल्लेख नभएको स्पष्ट पार्नुभयो । आफूले हस्ताक्षर गरेको प्रतिवेदनमा कुलिङ पिरियड रहेको तर बीचमा कतै हटाइएको बताउनु भयो । कुलिङ पिरियड राष्ट्रिय सभाले सच्याउनुपर्ने बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘पहिला समितिले पठाएको रिपोर्ट हेर्नुस् । कसको कसको त्रुटी भयो, नाम कसको कसको उल्लेख गरेको छ, त्यसपछि  कुरा गरौँ । कुलिङ पिरियड रहनुपर्छ भन्ने पक्षमा म छु । समितिले कतै रामहरि खतिवडाको नाम लिएको छ भने भन्नुहोला । सभापतिको हस्ताक्षर छ, मैले हस्ताक्षर गरेकोमा कुलिङ पिरियड छ, त्यो कहाँ त्रुटी भयो छानविन गर भनेर मेरै अनुरोधमा छानविन भएको हो ।’

    कुलिङ अफ पिरियड छेडखानीविरुद्ध गठित संसदीय छानविन समितिले आज प्रतिवेदन प्रतिनिधि सभामा प्रश्तुत गरेको छ ।