२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

राष्ट्रिय मुक्ति पार्टीको उपाध्यक्षमा गुल्जारी यादव

मंगलवार , श्रावण २०, २०८२

भैरहवा, २० साउन । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय उपाध्यक्षमा रुपन्देहीका ओम प्रकाश यादव (गुल्जारी) चयन हुनुभएको छ । पूर्व कृषि राज्यमन्त्री यादवले उपाध्यक्ष पदको जिम्मेवारी पाउनुभएको हो । 

पार्टीले ३१ सदस्यीय पदाधिकारी चयन गरेको छ । पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले केन्द्रीय कार्यसमितिको पदाधिकारी र केन्द्रीय निकायको पदाधिकारी तथा सदस्य चयन गर्नुभएको हो ।
पार्टीले ३ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, ५ महासचिव, १ कोषाध्यक्ष र सह–कोषाध्यक्ष, दुई प्रवक्ता, ७ उपमहासचिव र ७ सचिव चयन गरेको छ ।

त्यस्तै केन्द्रीय अनुशासन, निर्वाचन, लेखा परीक्षण र विज्ञ समितिको अध्यक्ष र सदस्य पनि चयन गरेको छ।

528310411_1298384318325220_89347229263927850_n.jpg
527803487_1298384314991887_9086205322380516659_n.jpg