
बुधवार , श्रावण २१, २०८२
काठमाडौं, २१ साउन । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले पछिल्लो समय केही असन्तुष्टीहरुमा टेकेर जनतामा भ्रम छर्ने काम भईरहेको बताउनुभएको छ ।
बुधवार बसको प्रतिनिधि सभामा बोल्दै उहाँले यस्तोे बताउनुभएको हो । जनता नै मालिक हुने यस व्यवस्थामा केही कमजोरीका बाबजुत पनि धेरै प्रगतिका मानकहरु सिर्जना भएको उहाँले बताउनु भयो । पारदर्शी लोकतान्त्रिक समाजलाई सुदृढ बनाउनुपर्र्ने, अझ बलशाली बनाउनुपर्ने कुुरालाई बिर्सिएर केही असन्तुष्टीहरुमा टेकेर सत्यको जगमा तथ्यलाई भ्रमकोे पर्दाले छेकेर असन्तुष्टी, आरोप, प्रत्यारोप छटपटी र आक्रोश देशको पछिल्लो विम्व भएको उहाँको भनार्ई छ । यसलाई नियन्त्रण गर्न जरुरी भएको उहाँले बताउनु भयो ।
अहिले क्रमशः क्रान्ति र परिवर्तनका सुचकहरुको विश्वास धर्मराउने, मुर्झाउने र क्रमशः घृणावाद, लोकप्रियततावाद फष्टाउने गरेको उहाँको आरोप छ । यसले चलाखीपूर्ण ढंगले जनताका सपनाहरुको चोरी, डकैती गर्न खोजेको उहाँले बताउनु भयो । यस्तै उहाँले राजावादीहरुप्रति लक्षित गर्दै मरणासन्न हुँदै गएको नवउदारवाद, ईतिहासले कुनामा फालिदिएको सामान्तवादको नयाँ मिसिनरिजका रुपमा केही मान्छेहरुले समाजलाई भड्काउने काम गरिरहेका बताउनु भयो ।
उहाँले भन्नुभयो ‘जब जनता नै मालिक हुने व्यवस्था आयो र यसको अभ्यासमा हामी छौँ, केही कमजोरीका बाबजुत धेरै प्रगतिका मानकहरु पनि यस बीचमा सिर्जना भएका छन् । मान्छेहरुले आज कसैप्रति अन्याय गरेकोे कानूूनी हिसावले छैन । व्यवहारमा पनि त्यस्तो हुन सक्दैन र एउटा पारदर्शी लोकतान्त्रिक समाज छ ।
यसलाई सुदृढ बनाउनुपर्र्ने, अझ बलशाली बनाउनुपर्ने कुुरालाई विर्सिएर केही असन्तुष्टीहरुमा टेकेर सत्यको जगमा तथ्यलाई भ्रमकोे पर्दाले छेकेर असन्तुष्टी, आरोप प्रत्यारोप छटपटी आक्रोस यो देशको पछिल्लो विम्व भएको छ । यस्तो लाग्छ, सबै बहुलार्ईसके ।’
उहाँले वर्तमान सरकार निराशा चिर्नको लागी बनेकोले यसले जनतताका मुद्दालाई सम्बोधन गर्न चासो दिनुपर्र्ने बताउनु भयो । संविधान संशोधनको मुद्दालाई अगाडी बढाउन पनि उहाँले आग्रह गर्नुुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij