
लियो जिल्ला परिषद ३२५ बी २ को उपाध्यक्षमा एम.डी न्यौपाने
आइतवार , चैत्र २९, २०७७
भैरहवा, २९ चैत ।
मकवानपुको हेटौडामा लायन्स अन्तर्राष्ट्रिय ३२५ बी २ नेपालको नवौ जिल्ला कन्भेन्सन सम्पन्न भएको छ । कन्भेन्सबाट लायन्सको भावी नेतृत्वको लागी भैरहवाका नवराज न्यौपाने निर्विरोध भएका छन ।
भैरहवाका व्यवसायी समेत रहेका न्यौपाने सम्पन्न लायन्स जिल्ला परिषदको सम्पन्न नवौ अधिवेशनबाट जिल्ला परिषदको द्धितीय उप–गभर्नर पदमा निर्विरोध निर्वाचित भएका हुन । लायन्स जिल्ला परिषदको द्धितीय उप–गभर्नरको लागि परिषदका सदस्यहरुबाट निर्वाचित हुनुपर्ने व्यवस्था बमोजीम द्वितीय उप–गभर्नरमा भैरहवाका न्यौपाने निर्विरोध भएका हुन ।
द्वितीय गर्भनरका लागी रुपन्देहीबाट दुई जनाको उम्मेद्वारी परेको थियो । बुटवल क्षेत्रबाट उम्मेद्वारी दिएका उमंग देवकोटाले निर्वाचनको अन्तिम समयमा आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि न्यौपाने द्वितीय गभर्नरमा निर्विरोध भएका हुन । यस अघि द्वितीय गभर्नर पदकै लागि उम्मेद्वारी दिएका श्याम कुमार बस्यालले पनि नवराज न्यौपानेलाई सर्मथन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए ।
लायन्स अन्तर्राष्ट्रिय अनुसार जिल्ला परिषदको गभर्नर पदमा स्वतः प्रथम उप–गभर्नर हुने व्यवस्था बमोजिम लायन्स वर्ष २०२१/२२ को नेतृत्वको लागि राम प्रसाद भट्ट चयन भएका छन । त्यस्तै प्रथम उप–गभर्नर पदमा सि.पि. चन्द चयन भएका छन । गभर्नरका रुपमा चयन भएका भट्टको कार्यकाल आगामी जुलाई १ तारिखबाट सुरु हुनेछ ।
लायन्स क्लब अफ सिद्धार्थनगरका पूर्व अध्यक्ष समेत रहेका न्यौपानेले दुइै दशक भन्दा बढी लायन्समा आवद्ध रहेर विभिन्न पदीय दायित्व निर्वाह गरेका छन ।
यसैबीच शनिबार सम्पन्न भएको लियो जिल्ला परिषद ३२५ बी २ को निर्वाचनबाट जिल्ला परिषद उपाध्यक्षमा भलवारीका लिलामणी न्यौपाने (एम.डी ) निर्वाचित भएका छन । लियो जिल्ला परिषदका लागी एरिया चार अन्र्तगत रुपन्देहीबाट उम्मेद्वार बनेका न्यौपाने परिषद उपाध्यक्ष पदमा फराकिलो मत अन्तरसहित विजयी भएका हुन ।
लियो जिल्ला परिषदको आगामी नेतृत्व सम्हालनका लागि न्यौपानेसंगै अन्य दुइ जना समेत चुनावी मैदानमा थिए । एम.डी ले नेपालगन्जका सुजित वैद्य र हेटौडाका राहुल जलानलाई पराजित गरेका हुन ।
न्यौपानेले १२४ मत प्राप्त गर्दै गर्दा उनका प्रतिस्पर्धि राहुलले ९७ र सुजितले जम्मा ७४ मत प्राप्त गरेको निर्वाचन अधिकृत सरोज कडेलले जानकारी दिए । लियो जिल्ला परिषद ३२५ बी २ अन्र्तगत एरिया चार तर्फबाट उम्मेद्धवार बनेका न्यौपानेलाई एरिया चारका तर्फबाट पुर्व जिल्ला परिषद अध्यक्ष सार्दुल मयुर कसौधन, जिल्ला परिषदका पूर्व कोषाध्यक्ष सुदिप बेलबासे लगायतले समर्थन गर्दै अगाडी बढाएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij