
बिहिवार , श्रावण २२, २०८२
भैरहवा, २२ साउन । रुपन्देही युवा समूहले विभिन्न १५ वटा विधामा १५ जनालाई सम्मान तथा अवार्ड प्रदान गर्ने भएको छ । ‘हिरोज अफ पब्लिक अवार्ड–२०८२’ बाट १५ जना सम्मानित हुने भएका छन् ।
आगामी असोज ३१ गते भैरहवामा कार्यक्रमको आयोजना गरी अवार्ड प्रदान गरिने समूहका अध्यक्ष विशाल गुप्ताले जानकारी दिनुभयो । यस वर्ष राजनीति, समाजसेवा, नृत्य, गायन, कृषि, व्यवसाय, खेलकुद, शिक्षा, ब्यूटीसियन, स्वास्थ्य, सञ्चार, संस्था, धर्म, वातावरण र बैंकिङ क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिने गुप्ताले बताउनुभयो । ‘विभिन्न क्षेत्रमार्फत रुपन्देहीलाई चिनाउन योगदान पुर्याउनुभएका १५ जनालाई सम्मान गर्नेछौं, ’उहाँले भन्नुभयो ।
अवजेश कहार (रोयल बाबा) को संयोजकत्वमा अवार्ड छनौट समिति गठन गरिएको कार्यक्रम संयोजक हेमन्त थापाले जानकारी दिनुभयो ।
समूहले आयोजना गरेको यो कार्यक्रम सातौं संस्करण हो । समूहले पहिलोपटक २०७६ सालमा हिरोज अफ पब्लिक अवार्डबाट विभिन्न व्यक्तित्वलाई सम्मान गरेको थियो ।
समूहले ‘हिरोज अफ पब्लिक अवार्ड प्रदान गर्नुका साथै सामाजिक क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको संस्थाका संस्थापक आनन्द प्रसाद गुप्ताले बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij