२०८३, भाद्र २३ गते

Sep 08 2026 | २०८३, भाद्र २३ गते

आउँदो हिउँदे अधिवेशन नयाँ संसद भवनबाटै : सचिव सिग्देल

शुक्रवार , श्रावण २३, २०८२

  • 985
    Shares
  • 985
    Shares
  • काठमाडौं, २३  साउन । शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आउँदो हिउँदे अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन हुने प्रतिवद्धता जनाउनुभएको छ ।

    शुक्रवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आउँदो हिउँदे अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन गर्नको लागि आधारअनुसार म्याद थप गरिएको बताउनु भयो । उहाँले अहिले समयमै काम सक्नका लागि जनशक्ति, निर्माण सामग्रीहरुसहित कार्यतालिका बनाएर अघि बढिरहेको जिकिर गर्नुभयो । नयाँ संसद भवनको सम्पूर्ण काम सक्ने समय पुसको पहिलो दिन भएपनि दोस्रो हप्तासम्म परीक्षणहरु समेत सकिनुपर्ने जिकिर गर्नुभयो ।

    संसदीय समितिको भवन असोजको दोस्रो हप्ता हस्तान्तरण गरिने बताउनु भयो । अति विशिष्ट व्यक्तिहरुको कार्यालय भवन पनि असोजको दोस्रो साता काम सकिने बताउनु भयो । प्रतिनिधि सभा भवन मंसिरको दोस्रो साता सकिने र राष्ट्रिय सभा भवन पनि मंसिरको दोस्रो सातामा सिभिलको काम सकिने बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘आउँदो हिउँदे अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन गर्नको लागि आधारअनुसार हामीले म्याद थप गरेका हौँ । उनीहरुले अहिले जनशक्ति, निर्माण सामग्रीहरुसहित कार्यतालिका बनाएको छ । कामै सम्पन्न गर्ने पुसको १, २ गतेको हो । टेस्टिङको लागि भनेर पुस १६ सम्मको म्याद थप गर्ने निर्णय गरेका हौँ । संसद सचिवालयको भवन २ पनि पुसको पहिलो साता प्राप्त हुन्छ । संसदीय समितिको भवन असोजको दोस्रो हप्ता हस्तान्तरण गर्ने भन्ने छ ।

    प्रेस तथा छपाई पनि असोजको दोस्रो सातामा हस्तान्तरण गर्ने भन्ने छ । अति विशिष्ट व्यक्तिहरुको कार्यालय भवन पनि असोजको दोस्रो साता सकिन्छ । प्रतिनिधि सभा भवन मंसिरको दोस्रो साता सकिन्छ । हलहरु विशेष गरी मंसिरको दोस्रो सातामा सकिन्छ भने अरु काम मंसिर दोस्रो सातासम्म सकिन्छ । राष्ट्रिय सभा भवन पनि मंसिरको   दोस्रो सातामा सिभिलको काम सकिन्छ भने पुसको दोस्रो सातामा अर्को कन्ट्याक्ट कम्प्लिट हुन्छ ।’

    सविच सिग्देलले सवारी साधन पार्किङ पति पुसको दोस्रो साता पूरा हुने जानकारी दिनुभयो ।