२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

सेवा प्रदायकहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

शनिवार , श्रावण २४, २०८२

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, २४ साउन । बालयौन शोषण र मानव बेचबिखनविरुद्ध सेवा प्रदायकहरुको क्षमता अभिवृद्धि कार्यक्रम शुक्रबार रुपन्देहीको भैरहवामा सम्पन्न भएको छ । माइती नेपाल आवधिक गृह भैरहवाको आयोजनामा भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति थियो । 

    कार्यक्रममा माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्रीले प्रस्तुतीकरण गर्नुभएको थियो । सो कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका सामाजिक शाखा प्रमुख लक्ष्मण गिरी, महिला बालबालिका शाखा प्रमुख कौशिल्या चौधरी, वडा नम्बर २ का अध्यक्ष छेदीलाल श्रीवास्तव, ३ का अध्यक्ष नारायण प्रसाद उपाध्याय, वडा सदस्यहरु निलु श्रीस, सुश्मा प्रधान, बसुन्धरा पोखरेल, कन्चन थापा, जनपद प्रहरी, शसस्त्र प्रहरी, पर्यटक प्रहरी, सञ्चारकर्मी लगायतले बोल्दै गरीबी, अशिक्षा लगायतका कारण मानव बेचबिखन भइरहेको बताउँदै सबैले आ–आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा बाल श्रमिकका कुरा, मनोरञ्जन क्षेत्रमा बालबालिकाको प्रयोग, बालबालिकाको ओसारपसार, तथ्यांक संकलनको समस्या, मुद्दा दर्ता प्रक्रियामा समन्वय र सहकार्य, उद्वार पुर्नस्थापना र पुर्नमिलन र घरेलु हिंसा लगायत महिला तथा बालबालिकाहरुसँग जोडिएका समस्या लगायतका विषयमा छलफल भएको थियो ।