२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

लायन्स सिद्धार्थनगर सेन्टिनियलद्वारा वृक्षरोपण

शनिवार , श्रावण २४, २०८२

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, २४ साउन । लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियले जिल्ला प्रहरी कार्यालय रुपन्देही परिसरमा शुक्रबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लबको वर्ष २०२५/२०२६ का अध्यक्ष विपिन साहको अध्यक्षता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि डीएसपी सापकोटाले वातावरणलाई जोगाउने उद्देश्यले सेन्टिनियलले वृक्षरोपणको लागि जिल्ला प्रहरी कार्यालयको प्रांगणलाई प्राथमिकता दिएको भन्दै धन्यवाद दिनुभयो । उहाँले क्लबले रोपेको वृक्षहरुको हेरचाह र मलजलको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    क्लबका अध्यक्ष साहले वृक्षरोण कार्यक्रमको संयोजक लगायत २५ वटा फलफूलका वृक्षहरु उपलब्ध गराउने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिनुभयो ।

    कार्यक्रम संयोजक मधु रायमाझीको स्वागत तथा सुष्मा क्षेत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सेन्टिनियलका गाईडिङ लायन विनोद खरेल, क्लबका निवर्तमान अध्यक्ष खेम बहादुर कार्की, डिष्ट्रिक एडभाइजर दीपक कौसल, डिष्ट्रिक चिफ राजेन्द्र थापा, एरिया चिफ प्रशान्तमणि रामदाम, डिष्ट्रिक डेपुटी चिफ महेश नेपाल, क्लबका पूर्वअध्यक्ष गजेन्द्र कोहार, रिजन चेयरपर्सन अरुण पन्थी, जि एस टि मेम्बर अनित गुप्ता, जोन चेयरपर्सन भोजराज बस्याल, लायन्स क्लब अफ लुम्बिनी लाइटका संस्थापक अध्यक्ष उमेश आचार्य लगायत सेन्टिनियलका सदस्यहरु र जिल्ला प्रहरी कार्यालयका प्रहरी कर्मचारीको उपस्थिति थियो ।