
आइतवार , चैत्र २९, २०७७
भैरहवा, २९ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) क्षेत्र नम्बर १ (क) (ख) तथा क्षेत्र नम्बर १ कार्यसमिति घोषणा सभा कार्यक्रम सम्पन्न भएको छ ।
क्षेत्र नम्बर १ मा सीताराम सिंहको अध्यक्षतामा २१ सदस्यीय, क्षेत्र नम्बर १ (क) म हेम गौतम (कमल) को अध्यक्षतामा ३१ सदस्यीय, १(ख) मा आशिष चौधरीको अध्यक्षतामा ३१ सदस्यीय र रोहिणी गाउँपालिकामा राममिलन यादवको अध्यक्षतामा ३१ सदस्यीय समिति निर्वाचित भएका थिए । कार्यक्रममा राप्रपामा रहेर विशिष्ट योगदान पुर्याउने नेता तथा कार्यकर्ताहरुलाई सम्मान गरिएको थियो ।
त्यसै गरी राप्रपा क्षेत्र नम्बर १ को कार्यालयको उद्घाटन गरिएको छ । धकधईमा रहेको कार्यालयको राप्रपा वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराले उद्घाटन गरेका हुन् ।
राप्रपा वरिष्ठ नेता दिपक बोहराको प्रमुख आतिथ्यता, पार्टीका केन्द्रीय सम्पादन समिति सदस्य तथा पूर्व गृहमन्त्री निरञ्जन थापाको विशिष्ट आतिथ्यता, केन्द्रीय सदस्यहरु कैलाश गुरुङ, ताहिर अली, तोयानाथ लम्साल, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, उपाध्यक्ष अजय कुमार गुप्ता लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij