
आइतवार , श्रावण २५, २०८२
काठमाडौं, २५ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलताको मुद्दा कुनै एउटा राजनीतिक दल विशेषको मात्रै नभएको बताउनुभएको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले लैङ्गिक संवेदनशीलताको विषय समग्र सामाजिक रुपान्तरणको एक महत्वपूर्ण विषय भएको बताउनु भयो । यसमा सबै संवेदनशील बन्ने हो भने मात्रै सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिने बताउनु भयो ।
लोकतान्त्रिक समाजवादसँग आवद्ध दलहरु, राजनीतिज्ञहरु, सामाजिक आन्दोलनकाबीच समन्वय र सहकार्यको माध्यमबाट प्रभावशाली वैकल्पिक राजनीतिक धारको निर्माण गर्न सकिने पनि बताउनु भयो । सभापति देउवाले भन्नुभयो, ‘लैङ्गिक संवेदनशीलता कुनै विशेष दलको मात्रै होइन । यो समग्र सामाजिक रुपान्तरणको एक महत्वपूर्ण विषय पनि हो ।
हामी सबै यो विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिन्छ । लोकतान्त्रिक समाजवादसँग आवद्ध दलहरु, राजनीतिज्ञहरु, सामाजिक आन्दोलनकाबीच समन्वय र सहकार्यको माध्यमबाट प्रभावशाली वैकल्पिक राजनीतिक धारको निर्माण गर्न सकिन्छ । लैङ्गिक संवेदनशीलताको सुझावहरुलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्नेछ ।’
सभापति देउवाले लैङ्गिक संवेदनशीलताका विषयलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्ने बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij