
आइतवार , चैत्र २९, २०७७
चितवन, २९ चैत । चितवनमा ट्याक्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। चितवनमा आज ज्यानै जाने गरी दुईबटा सवारी दुर्घटना भएको छ।
आईतबार विहान मात्रै म्याजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको चितवनमा साँझ ट्याक्टर हुदा ५ जनाको मृत्यु भएको हो।
साँढे ७ बजेतिर राप्ती नगरपालिका ११ आंमपानीको चिउडे खोला भन्ने स्थानमा थाकलटारबाट चिउडेखोला तर्फ आई रहेको ना १ त ६२८२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिव २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
ट्याक्टरमा सवार २०÷२५ जना मध्ये ५ जनाको मृत्यु भएको र अन्य घम्भिर घाइते रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइतेहरुको सरकारी अस्पताल, पुरानो सि एम एस र सि एम सिमा उपचार भइरहेको छ । घटनाको बिस्तृत विवरण आउन बाकी छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij