
मंगलवार , श्रावण २७, २०८२
काठमाडौं, २७ साउन । इजरायलले इरान विरुद्ध गरेको हरेक आक्रमणमा अमेरिकी सहभागिता रहेको इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले बताउनुभएको छ ।
यसले वाशिंगटनमाथि तेहरानको विश्वासलाई शुन्यतामा झारेको बताउनु भयो । पत्रकार सम्मेलनमा संयुक्त राज्य अमेरिकासँग आणविक वार्ता पुनः शुरु गर्न इरानको पूर्वशर्तहरूको बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै उहाँले यो टिप्पणी गर्नुभएको हो । इरानले संयुक्त राज्य अमेरिकासँग वार्ता पुनः शुरु गर्ने बारेमा अहिलेसम्म कुनै निर्णय नगरेको उल्लेख गर्नुभयो ।
दुई पक्ष बीचको वार्ता र सन्देशहरूको आदानप्रदान मध्यस्थकर्ताहरूमार्फत जारी रहेको उल्लेख गर्नुभयो । बगाईले अमेरिकी प्रतिवन्धहरूको पनि निन्दा गर्नुभयो । यसले स्वतन्त्र व्यापारको क्षेत्रमा अन्तर्राष्ट्रिय नियम र नियमहरूलाई कमजोर बनाएको बताउनु भयो ।
इरान र संयुक्त राज्य अमेरिका बीचको छैटौं चरणको अप्रत्यक्ष आणविक वार्ताको दुई दिनअघि जुन १३ मा, इजरायलले इरानका आणविक र सैन्य स्थलहरूसहित धेरै क्षेत्रहरूमा ठूला हवाई आक्रमणहरू गरेको थियो । जसमा वरिष्ठ कमाण्डरहरू, आणविक वैज्ञानिकहरू र धेरै नागरिकहरू मारिएका थिए । इरानले इजरायलमा धेरै क्षेप्यास्त्र र ड्रोन आक्रमणहरूको जवाफ दिएको थियो ।
जुन २२ मा अमेरिकी सेनाले तीन इरानी आणविक सुविधाहरू नातान्ज, फोर्डो र इस्फहानमा बमबारी गरेको थियो । बदलामा इरानले कतारमा रहेको अमेरिकी अल उदेइद एयर बेसमा आक्रमण गरेको थियो । १२ दिनको युद्ध पछि, जुन २४ मा इरान र इजरायल बीच युद्धविराम भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij