२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

राप्रपा क्षेत्र नम्बर ५ को घोषणा सभा सम्पन्न

सोमवार , चैत्र ३०, २०७७

भैरहवा, ३० चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही क्षेत्र नम्बर ५ (क र ख) तथा क्षेत्र नम्बर ५ कार्यसमितिको घोषणा सभा सम्पन्न भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकामा राजेश यादवको अध्यक्षतामा २१ सदस्यीय, क्षेत्र नम्बर ५ (क) मा रमन गिरीको अध्यक्षतामा १९ सदस्यीय, ५ (ख) मा अहमद आलम खानको अध्यक्षतामा १९ सदस्यीय र क्षेत्र नम्बर ५ मा गंगाराम जैसवालको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको थियो । 

राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराको प्रमुख आतिथ्यता, पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्व गृहमन्त्री निरञ्जन थापाको विशिष्ट आतिथ्यता, केन्द्रीय सदस्यहरु ताहिर अली, कैलाश गुरुङ, तोयानाथ लम्साल, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, उपाध्यक्ष अजय कुमार गुप्ता, सिद्धार्थनगर अध्यक्ष चन्द्रभक्त श्रेष्ठ, नेताहरु शंकर खत्री, मेघनाथ ज्ञवाली, अमृत पाण्डेय लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबीच सोही कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य परदेशी यादव, पूर्व क्षेत्रीय सदस्य घनश्याम गुप्ता, कांग्रेस लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १० का बुथ सभापति बृजभुसन उपाध्यायसहित ६० जना कांग्रेस परित्याग गरी राप्रपामा प्रवेश गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।