
मंगलवार , श्रावण २७, २०८२
काठमाडौं, २७ साउन । नेकपा (माओवादी केन्द्र)की सांसद रुपा शोशी चौधरीले कैलाली कारागारमा गत शुक्रवार राति भएको झडपको विषयमा जानाजान सरकार मौन बसेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सुरक्षा घेरामा बस्ने बन्दीहरुबीच झडप हुँदासम्म प्रशासन किन मौन बस्यो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सुरक्षा घेराभित्र बस्ने बन्दीहरुको सुरक्षा भएन भने सर्वसाधारणले सुरक्षाको प्रत्याभुति गर्न नसक्ने बताउनु भयो । उहाँले कैलाली कारागारमा भएको घटनाको निष्पक्ष छानविन गरी दोषिमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘सभामुख महोदयमार्फत म गृहमन्त्रीज्युलाई यो घट्नाको निष्पक्ष छानविन गरियोस् भन्न चाहान्छु । दोषिमाथि कारबाही होस् । कारागार सुरक्षा र मानव अधिकारको तत्काल ग्यारेन्टी गरियोस् ।’
उहाँले कारागरा सुरक्षा र मानव अधिकारको ग्यारेन्टी गर्न समेत माग गर्नुभयो । कैलाली कारागारमा शुक्रवार राति कैदीबन्दीको आक्रमणमा परेर लागुऔषध मुद्दामा कैद भुक्तान गरिररहेका एक जनाको मृत्यु भएको थियोे भने ४९ जना कैदीबन्दी घाइते भएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij