
मंगलवार , श्रावण २७, २०८२
काठमाडौं, २७ साउन । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेल सार्नका लागि गरेको आग्रहलाई राज्यले अस्वीकार गर्नु दुःखद् भएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद केसीले अदालतले समेत जेल सार्नको लागि अनुमति दिएपनि स्थानारन्तरण नगरिनु दुःखद् भएको बताउनु भयो । उहाँले रूपन्देही कारागारमा मानव अधिकार आयोगको टोलीले अनुगमन गरेको विषय संसदमा उठाउँदै कारागारभित्र न्युनतम आधारभुत आवश्यकता पूरा गर्न सरकार गम्भीर बन्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कसैप्रति पनि कानूनी प्रक्रियाले हुने निर्णय आफ्नो ठाउँमा छ । तर राष्ट्रिय पार्टीको सभापति र पूर्वमन्त्री समेत भएको व्यक्तिलाई अदालतले ठाना स्थानान्तरको अनुमति दिँदादिँदै पनि स्थानान्तरण नरिनु दुःखद् मात्र होइन नबुझिँदो कुरा भएको छ । त्यसकारण सरकारले सम्पूर्ण देशहरुको वस्तुस्थिति हेरेर तिनिहरुको सुधारको निम्ति अहिलेको आवश्यकता देखेको छु ।’
उहाँले देशभरका कारागारहरुको अवस्था सुधार गर्न माग समेत गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij