२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

मनाइयो १४ औं अन्तर्राष्ट्रिय हात्ती दिवस

मंगलवार , श्रावण २७, २०८२

चितवन, २७ साउन । चितवनको सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ ।

१४ औं अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा मंगलवार सौराहामा रहेका हात्तीलाई वनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालक सहकारी संस्था लिमिटेडले बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा गरेको हात्ती वनभोज कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा निजीस्तरमा पालिएका हात्तीलाई वनभोज खुवाइएको हो ।

वनभोजमा सरकारी र निजी गरेर ६० वटा सहभागी थिए । निजी ३८, निकुञ्जका १९ र राष्ट्रिय प्रकृति संरक्षण कोषका तीन वटा हात्ती वनभोजमा सहभागी थिए । वनभोजमा हात्तीलाई मन पर्ने परिकार सख्खर, चना, फर्सी, उखु, ड्रागनफूड, स्याउ, केरा, खरबुजाका परिकार राखिएको थियो ।

हरेक वर्ष अगष्ट १२ आजकै दिन हात्ती संरक्षणको उद्देश्यले यो दिवस मनाइन्छ ।