
मंगलवार , श्रावण २७, २०८२
भैरहवा, २७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले रुपन्देही–३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनलाई मिनी जनमत संग्रहको सज्ञा दिनुभएको छ ।अध्यक्ष लिङ्देनले अहिलेको उपनिर्वाचन मुलुकमा शुसासन कायम गर्ने कि भ्रष्टाचारलाई बढवा दिने भन्ने विषय जोडिएको बताउँदै मिनी जनमत संग्रहको रुपमा लिन आग्रह गर्नुभयो ।
उहाँले काँग्रेस–एमाले कार्यकर्ताहरुले आफ्नै पार्टी र उम्मेदवारलाई हराएर मुलुकमा सुधारको सन्देश दिनुपर्नेमा जोड दिनुभयो । मंगलबार राप्रपा रुपन्देहीले भैरहवामा आयोजना गरेको क्षेत्र नम्बर ३ स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले उपनिर्वाचनको सिट कुनै पार्टीले जित्नु–नजित्नुमा तात्वीक फरक नपर्ने भए पनि आसन्न २०८४ को आम निर्वाचनका लागि बाटो तय गर्ने बताउनुभयो ।
भैरहवा, २७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले रुपन्देही–३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनलाई मिनी जनमत संग्रहको सज्ञा दिनुभएको छ । अध्यक्ष लिङ्देनले अहिलेको उपनिर्वाचन मुलुकमा शुसासन कायम गर्ने कि भ्रष्टाचारलाई बढवा दिने भन्ने विषय जोडिएको बताउँदै मिनी जनमत संग्रहको रुपमा लिन आग्रह गर्नुभयो ।
उहाँले काँग्रेस–एमाले कार्यकर्ताहरुले आफ्नै पार्टी र उम्मेदवारलाई हराएर मुलुकमा सुधारको सन्देश दिनुपर्नेमा जोड दिनुभयो । मंगलबार राप्रपा रुपन्देहीले भैरहवामा आयोजना गरेको क्षेत्र नम्बर ३ स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले उपनिर्वाचनको सिट कुनै पार्टीले जित्नु–नजित्नुमा तात्वीक फरक नपर्ने भए पनि आसन्न २०८४ को आम निर्वाचनका लागि बाटो तय गर्ने बताउनुभयो ।
अध्यक्ष लिङ्देनले यो निर्वाचनले जनताका पक्षमा कस्ता काम भए ? प्रतिपक्षले कस्तो भूमिका खेले भन्ने परीक्षण गर्ने बताउँदै आम नेता तथा कार्यकर्तालाई निर्वाचन प्रचारप्रसारमा होमिन आग्रह गर्नुभयो । उहाँले तीन दशक सत्तामा रहेका दुई दल मिल्दा पनि मुलुकका लागि केही काम गर्न नसकेको, बरु भ्रष्टाचार मौलाएको उल्लेख गर्नुभयो ।
उहाँले उपनिर्वाचन जनतामा चेतनाको स्तर कतिमाथि उठ्यो, पुरानै काम नगर्नेलाई रोजे कि मुलुक बदल्छु भन्ने पार्टी रोजे भन्ने परीक्षण पनि हुने बताउनुभयो । हिजोको गल्तीले जेलमा जान्छौं भनेर सरकार नछाड्नेहरुले अब त गल्ती नगरे हुन्थ्यो भन्ने लागे पनि त्यो बानी नछुटेको उहाँको भनाइ छ ।
सरकारमा रहेका नेताहरुले ठेक्कापट्टा, सरुवा बढुवा, नियुक्ति, निर्णय, हरेकमा कमिसन र मानिस बेचेर पैसा खाइरहेको आरोप अध्यक्ष लिङ्देनको छ । कांग्रेस–एमालेको वर्तमान संयुक्त सरकार ढल्छ–ढल्छ भन्ने हल्ला बेलाबेलामा आउने गरी पनि कमिसन र भागबण्डामा कुरा मिलेपछि हल्ला हल्लामै सीमित हुने गरेको अध्यक्ष लिङ्देनको छ । अध्यक्ष लिङ्देनले मुलुकको सार्वजनिक ऋण वर्षपिच्छे बढ्दै गएको उल्लेख गर्नुभयो । उहाँले ८ वर्षअघि ६ खर्ब रहेको ऋण अहिले २८ खर्ब नाघेको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लोकतन्त्र मान्छ की, राजतन्त्र मान्छ ? धर्मनिरपेक्षता, संघीयता र व्यवस्थाप्रति उसको के धारणा के छ भन्ने केही नछुट्टिएको बताउदै अध्यक्ष लिङ्देनले अस्पष्ट नीति बोकेका पार्टीबाट नागरिकले न्याय नपाउने उल्लेख गर्नुभयो ।
पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पार्टीले सुशासन र समृद्धिको नीति लिएकाले जनतालाई बुझाउन जरुरी रहेको बताउँदै रुपन्देही–३ मा जीत निकाल्न गरी निर्वाचनमा होमिनु पर्ने बताउनुभयो । उहाँले रुपन्देही–३ विगतमा राप्रपाले जितेको क्षेत्र भएको बताउँदै उपनिर्वाचनमा पनि जीत जरुरी रहेको बताउनुभयो । त्यसका लागि पार्टी एकढिक्का हुनुपर्ने र पार्टीले लोकप्रिय र योग्य उम्मेदवारलाई छनौट गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्ने केन्द्रीय सहमहामन्त्री ताहिर अली, केन्द्रिय सदस्य मातृका प्रसाद यादव, जिल्ला अध्यक्ष सागरप्रताप राणा, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष मुक्तिनाथ यादव (भोला )लगायतका नेताहरुले रुपन्देही र क्षेत्रमा स्वर्गीय दीपक बोहराको महत्वपूर्ण योगदान रहेकाले उपनिर्वाचनमा पनि पार्टीले जीत निकाल्ने बताएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij