
बुधवार , श्रावण २८, २०८२
भैरहवा, २८ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ स्थित दलाका, भलवारीमा मंगलबार ज्येष्ठ नागरिकका लागि आँखा परीक्षण शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ तिलोत्तमा युथ र रोटरी क्लब अफ रुद्रमती काठमाडौंको आयोजना तथा लुम्बिनी नेत्रालय र दलाका आवास टोल विकास संस्थाको सहयोगमा शिविर कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामकृष्ण खाणले स्थानीयस्तरमा सञ्चालित यस्ता शिविरले रोगको पहिचान गर्न र समयमै उपचार गर्न सहयोग पुर्याउने बताउनुभयो ।
कार्यक्रममा लायन्स क्लब अफ तिलोत्तमा युथका अध्यक्ष रचना श्रेष्ठ र रोटरी क्लब अफ रुद्रमती, काठमाडौंका अध्यक्ष नरेन्द्र ऐर, कार्यक्रम संयोजक सञ्जय नेपाल, कमल पोखरेल लगायतले बोल्नुभएको थियो ।
शिविरमा ३४३ जनाको जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये ६० जनामा मोतीबिन्दुको समस्या देखिएको लायन्सका अगुवा अर्चित श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार मोतीबिन्दु देखिएका बिरामीलाई लुम्बिनी नेत्रालयले शल्यक्रिया (अपरेशन) मा २५ प्रतिशत छुट दिनेछ । शिविरमा निःशुल्क चश्मासमेत वितरण गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij