images

शुक्रवार, बैशाख २१ गते २०८१

तिलोत्तमाले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य

तिलोत्तमाले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य

images
images
images
सोमवार, चैत्र ३० २०७७
सोमवार, चैत्र ३० २०७७
  • तिलोत्तमाले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य

    भैरहवा, ३० चैत । 
    रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । नगरस्तरीय कृषि व्यवसाय प्रवद्र्धन समितिको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार एक सय ५० रुपैंयाँ तोकेको हो । तिलोत्तमा नगरपालिकाले गत वर्षबाट गहुँको समर्थन मूल्य तोक्न थालेको थियो । गत वर्ष तिलोत्तमाले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार तोकेकोमा यस वर्ष एक सय ५० रुपैंयाँ बढाएको हो ।

    किसानले लागतअनुसारको लाभ प्राप्त गर्न नसकेको गुनासो किसानबाट आइरहँदा नगरपालिकाले गहुँको समर्थन मूल्य तोकेको कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिए । तोकिएको मूल्यमा कुनै किसानको गहुँ विक्री नभएमा त्यसको बजारीकरण गर्ने जिम्मा नगरपालिकाले लिने जनाइएको छ । नगरप्रमुख एवं समितिका संयोजक बासुदेव घिमिरेले समर्थन मूल्य तोकिएपछि बिचौलियाको मनोमानी हट्ने विश्वास व्यक्त गरे ।

    तिलोत्तमा नगरपालिकाले चालु आर्थिक वर्षमा १३२ मेट्रिक टन गहुँको बिऊ किसानलाई ४० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो । जनप्रतिनिधि आएदेखि नै तिलोत्तमाका किसानले अनुदानमा गहुँको बिऊ प्राप्त गर्दै आएका छन् । अनुदानमा उन्नत बिऊको उपलब्धतासँगै किसानहरुले बाँझो राख्ने खेतमा समेत पछिल्ला वर्षमा गहुँ खेती गर्ने क्रम बढेको कृषि शाखाले जनाएको छ ।

    यो वर्ष नगरपालिकाको २ हजार ७ सय १ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकोमा झण्डै ८ हजार मेट्रिक टन उत्पादन हुने अपेक्षा गरिएको छ । यतिबेला नगरपालिकाको उत्तरी क्षेत्रका किसानले लगभग गहुँ खेती स्यारिसकेका छन् भने दक्षिणी क्षेत्रका अधिकांश किसान गहुँ भित्राउने क्रममा छन् । नगरपालिकाले वडा नम्बर १७ लाई गहुँको पकेट क्षेत्र तोकेको छ भने वडा नम्बर ११, १२, १३, १४, १५, १६, ६, ७, ८, ९, १० मा समेत ठूलो क्षेत्रफलमा गहुँ खेती गरिएको छ ।

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij