२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

रुपन्देही–३ को उपनिर्वाचनमा नेमकिपाले उम्मेदवारी नदिने

बुधवार , श्रावण २८, २०८२

काठमाडौं, २८ साउन । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनमा उम्मेदवारी नदिने भएको छ । आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनमा नेमकिपाले उम्मेदवारी नदिने निर्णय गरेको हो । 

पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले उपनिर्वाचनमा पार्टीले उम्मेदवारी नदिने निर्णय गरेको सचिव प्रेम सुवालले जानकारी दिनुभयो ।
बैठकले संगठनलाई सक्रिय बनाउन कार्यकर्ता, समर्थक एवं शुभेच्छुकहरूबीच जिल्ला जिल्लामा पार्टी प्रकाशनको अन्तरक्रिया चालु राख्ने निर्णय गरेको सचिव सुवालले बताउनुभयो । प्रतिनिधि सभामा हाल नेमिकपाका एकजना सांसद् हुनुहुन्छ ।

531270541_25110562011877922_3692018048756511126_n.jpg

२०७९ सालमा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहराको निधन भएपछि रुपन्देही–३ मा उपनिर्वाचन हुँदैछ ।