२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

कारागारभित्र हुने हिंसात्मक घटना यो नै अन्तिम होस् : प्रमुख सचेतक बर्तौला

बुधवार , श्रावण २८, २०८२

काठमाडौं, २८ साउन । सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले गृहमन्त्री रमेश लेखकलाई कारागारभित्र हुने हिंसात्मक घटना कैलालीकै अन्तिम हुनेगरी काम गर्न आग्रह गर्नुभएको छ ।

बुधवार बसेको कानून न्याय तथा मानव अधिकार समितको बैठकमा उहाँले गृहमन्त्रीको अगुवाईमा कारगार हुने यस्ता हिंसात्मक घटना ‘अब यो अन्तिम हो’ भन्ने ठाउँमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान गृहमन्त्री स्टन्ट गरेर हिँड्ने खालको नभई काम नेतृत्व भएको पनि बताउनु भयो ।

वर्तमान गृहमन्त्रीलाई काम गरेर देखाउने अवसर पनि रहेको उहाँको भनाई छ । उहाँले कारागारभित्र हुने हिंसात्मक घटना नियन्त्रणको लागी आवश्यक स्रात साधनको पहलकदमीको लागी सबैले पहल गर्नुपर्नेमा पनि जोड दिनुभयो । 

उहाँले भन्नुभयो, ‘भोलिका दिनमा कारागार प्रशासनमा यस्ता दुर्घटना, हिंसात्मक क्रियाकलाप नहुन भन्नको लागी विशेषगरि गृह प्रशासनको मुल नेतृत्व गर्ने गृहमन्त्रीज्यु, यहाँ एउटा चाँही सुझबुझ पुर्ण नेतृत्व हो । देशले परसम्म देखेको नेतृत्व हो । यहाँ यो नेतृत्वमा रहँदै गर्दा कम्तिमा पनि कारागार प्रशासनमा किनभने हजुर स्टन्ट गरेर हिड्नुहुन्न भन्ने दुनियाँलाई थाहा छ ।

तपाई काम गर्नुहुन्छ । काम गर्ने नेतृत्व यो ठाउँमा भएको बेला विगतका गृहमन्त्रीहरुले के गर्नुभयो, छोड्दिम । तर आजको गृहमन्त्रीले कही गर्दैछ भन्ने देखाउने अवसर पनि हो । आवश्यक स्रोत साधनको पहलकदमीको लागी सिंगो हाउसको तर्फबाट हामीले आवश्यक सार्वजानिक विषय बनाएर विषय पहलकदमी गर्ने कुरा पनि गर्नुपर्छ । समितिले गर्नुपर्ने कुराहरु पनि हामी गर्छौ यहाँको अगुवाईमा कारगार हुने यस्ता हिंसात्मक घटना अव यो अन्तिम हो भन्ने ठाउँमा पु¥याउनुपर्छ ।’ 

कारगारभित्र चौकीदार वा नाईके, भाईनाईके बन्नको अस्वस्थ गुट, समुहहरु जन्मिन थालेको पनि उहाँले बताउनु भयो । नेतृत्वको पुग्नको लागि विभिन्न प्रकृतिका समूहहरु सिर्जना हुने र ती समूहहरु हिंसात्मकसम्म हुने गरेको उहाँको भनाई छ । यस्ता कुरालाई सरकारले कानूनी रुपमा व्यवस्थित गर्न ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

बैठकमा उहाँले कैदीबन्दीलाई उत्पादनमुलक काममा जोड्ने कुरामा पनि विशेष ध्यान दिन आग्रह गर्नुभयो ।