
सोमवार , चैत्र ३०, २०७७
बुटवल, ३० चैत्र। बुटवलमा कोरोना संक्रमणबाट आज एकैदिन ३ जनाको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको धागो कारखाना कोरोना विशेष अस्पतालमा उपचारत रुपन्देही, अर्घाखाँची र कपिलबस्तु एक–एक जना संक्रमितको मृत्यु भएको हो।
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका १ निवासी ७१ वर्षिय महिला, कपिलबस्तुको वाणगंगा नगरपालिका ३ निवासी ७० वर्षिय पुरुष र अर्घाखाँचीको मालारानी गाउँपालिका ५ कि ७९ वर्षिय महिलाको आज बिहान अलग अलग समयमा निधन भएको अस्पतालले जनाएको छ।
उनिहरु मध्ये तिलोत्तमा निवासी महिला गत चैत्र २१ गते, कपिलबस्तुका पुरुष चैत्र २७ गते र अर्घाखाँची निवासी महिला पनि चैत्र २७ गते नै अस्पताल भर्ना भएको अस्पतालले जानकारी दिएको छ।
उनिहरुलाई उच्च ज्वरो, निमोनिया, स्वासप्रस्वासमा समस्या लगाएतका लक्षणहरु रहेको अस्पतालका सुचना अधिकारी बिष्णु गौतमले बताए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij