२०८२, कार्तिक १६ गते

Nov 02 2025 | २०८२, कार्तिक १६ गते

बहुविवाहलाई कुनैपनि हालतमा मान्यता प्रदान गरिने छैन : प्रधानमन्त्री ओली

बुधवार , श्रावण २८, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई कुनैपनि हालतमा मान्यता प्रदान नगरिने बताउनुभएको छ ।

    बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक जागरण, सामाजिक न्याय, महिलाका अधिकार लढेर आएका पार्टीहरुको सरकारले बहुविवाहलाई मान्यता दिनेगरी कानून ल्याउन नसक्ने बताउनु भयो । यसबारे सरकारलाई नै जानकारी नरहेको भन्दै यो कुनैपनि हालतमा अस्वीकार्य हुने बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘हल्लाहरु चल्ने गरेका छन्, जसको आधार छैन । एउटा विषय बहुतै सेन्सेटिभ भएर उठेको देखिन्छ । बहुविवाहलाई मान्यता दिनेगरी कानून ल्याउने भयो सरकारले भनेर । सामाजिक जागरण, सामाजिक न्याय, महिलाका अधिकार लढेर आएका पार्टीहरुको सरकारले बहुविवाहलाई मान्यता दिनेगरी कानून ल्याउँछ भन्ने ? कसरी भयो । हल्ला कसले चलायो । सरकारले थाहा पाएको छैन, मैले थाहा पाएको छैन । बहुविवाहलाई मान्यता दिनेगरी कानून ल्याउन लागिएको छैन । बहुविवाहलाई कुनैपनि हालतमा मान्यता प्रदान गरिनेछैन ।’

    प्रधानमन्त्री ओलीले एकतावद्ध भएर देशमा सुशासन र विकासको गतिलाई अघि बढाउन लाग्नुपर्ने बेला रहेको बताउनु भयो ।