
बिहिवार , श्रावण २९, २०८२
काठमाडौं, २९ साउन । २०८१ को साउन ९ गते सौर्य एयरलाइन्स दुर्घटनामा परी ज्यान गुमाएका कोपाइलट सुशान्त कटुवालका पिता ओम कटुवालले विमान दुर्घटनाका लागि अध्यययन गर्न गठित आयोगका संयोजकले आफूमाथि ह्यारेसमेण्ट गरेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बिहीवार प्रतिवेदनमाथि छलफल भएको हो । छलफलका क्रममा बोल्दै उहाँले आयोगका अध्यक्ष पक्षपाती भएको आरोप लगाउनु भयो । उहाँले आफूसँग कुरा गर्न जाँदा समेत ह्यारेसमेण्ट गर्नुभएको र आफूले खाइरहेको औषधि समेत रोकेको उहाँको आरोप छ ।
कुराकानीमा सोझै सुशान्त जर्मनमा जाँदा फेल भएको रहेछ भन्नेकुरा गर्नुभएको बताउनु भयो । प्रारम्भिक प्रतिवेदन र अहिलेको प्रतिवेदनमा फरक रहेको उहाँको आरोप छ । मरेर गएको व्यक्तिमाथि दोष थुपारिनु र सबै दोष उसैलाई लगाउन नहुने बताउनु भयो । दोष जति सबै एउटामाथि थुपारेर मरेको मान्छेको आत्मालाई नरुवाउन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आयोगको अध्यक्षज्यु वायसनेस भएको आशंका मलाई छ । किनकी उहाँ मेरोमा अन्तरवार्ता लिन जाँदा नै उहाँले मलाई ह्यारेसमेण्ट गर्नुभयो । मैले खाने औषधिहरु समेत उहाँले गर्नुभयो । उहाँले सोझै यो त जर्मनमा जाँदा फेल भएको रहेछ भन्नुभयो । यसमा टेक्निकल कुरा मलाई थाहा हुँदैन । प्रारम्भिक प्रतिवेदन र अहिलेको प्रतिवेदनमा फरक छ । वेट चार्ट जब भरिएर आउँछ, त्यसपछि पाइलटले हस्ताक्षर गर्ने होला । कोपाइलटले नै गरेको भन्ने थियो ।
अर्को अहिले कार्यरत पाइलटले पछि अन्तरवार्ता लिएर आएपछि जुन आयो त्यो त मैले नै साइन गर्थें भन्नुभएको छ । शुरुदेखि नै यसमा आशंका छ । उ बोल्न सक्दैन कहाँ छ, तर दोष किन उमाथि ? यदी उ माथि दोष ुसनियोजित थुपारिन्छ भने अध्यक्षज्यु छिमेकी जिल्ला तपाईंकै जिल्लामा साढे ४ वर्ष सेवा गरेको छु, तपाईंको पनि छोरो पाइलट छ । तपाईंको आत्मसन्तुष्टि छ भने मेरो भन्नु केही छैन । उ माथि हुँदा पनि उसको आत्मा नरोओस् । ’
उहाँले क्याप्टेनको कमाण्ड भएपछि कोपाइलटमाथि मात्रै किन शंका गरियो ? भन्दै प्रश्न गर्नुभयो । २०८१ को साउन ९ गते त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । जहाँ १८ जनाको ज्यान गएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij