२०८३, श्रावण १४ गते

Jul 30 2026 | २०८३, श्रावण १४ गते

मनमती खोलामाथि बनेका संरचनामाथि महानगरको डोजर

बिहिवार , श्रावण २९, २०८२

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, २९ साउन । काठमाडौं महानगरपालिकाले नदी करिडोरमा अतिक्रमण गरेर निर्माण गरेको भौतिक संरचना भत्काउने कार्यलाई तिब्रता दिएको छ ।

    बिहीवार कालीमाटी, कुलेश्वर भई बग्ने मनमती खोलामाथि बनेका स्वीकृति बेगरका संरचनामा डोजर चलाएको हो । स्वीकृति नभएका पक्की पुलमासमेत डोजर र ब्रेकर लगाएर महानगरपालिकाले भत्काउने गरेको छ ।

    महानगरपालिकाले यसअघि पनि अवैधानिक रुपमा बनाइएका संरचनामाथि डोजर चलाउँदै आएको छ ।