२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

नेपाल सद्भावना पार्टी पुनःगठन

बिहिवार , श्रावण २९, २०८२

काठमाडौं, २९ साउन । नेपाल सद्भावना पार्टीलाई पुनःगठन गरिएको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष अनिलकुमार झाले पार्टी पुनःगठित गरी अघि बढेको बताउनुभएको हो । बुधवारमात्रै पार्टीको पुनःगठनलाई निर्वाचन आयोगले स्वीकृति दिएको बताउनु भयो । आफ्नो पुरानो सैद्धान्तिक प्रतिवद्धता पूरा गर्नेगरी अघि बढ्ने बताउनु भयो ।

पार्टीले मधेस आन्दोलनका शहीदहरुको प्रतिमा स्थापना र सम्मान गर्नमा भइरहेको अशोभनीय र अमर्यादित कार्यको भत्र्सना गरेको छ । उहाँले मधेस आन्दोलनका शहीदहरुको अन्य आन्दोलनका शहीदसरह सम्मान स्थापित गराउन पार्टी प्रतिवद्ध रहेको बताउनु भयो ।

पार्टीले हाल मधेसमा देखिएको मधेसमा भूमिगत जलको कमीप्रति गम्भीर हुन पनि आग्रह गरेको छ । एकल महिला, वृद्धवृद्धाको जीवनयापन, आत्मसम्मान एवं स्वास्थ्योपचारको जिम्मेवारी राज्यले लिनुपर्ने माग गर्नुभयो ।

प्रहरी प्रशासनमा अझै मधेसलाई मौजाको रुपमा ठान्ने र मधेसीलाई शासित मान्ने मनोविज्ञानलार्य अविलम्व अन्त्य गर्ने नीति बनाउन र निर्देशन दिन सरकारसँग पार्टीले माग गरेको छ ।