२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

२३ लाखभन्दा बढी सिरियालीहरू स्वदेश फर्किए

शुक्रवार , श्रावण ३०, २०८२

  • 86
    Shares
  • 86
    Shares
  • काठमाडौं, ३० साउन । डिसेम्बर ८, २०२४ देखि यता २३ लाखभन्दा बढी सिरियालीहरू घर फर्किएका छन् ।

    संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका एक अधिकारीले फर्केकाहरूले आवास र जीविकोपार्जनको गम्भीर अभावको सामना गरिरहेको बताउनु भयो । धेरैका घरहरू ध्वस्त वा क्षतिग्रस्त भएको पाइएको छ ।

    फर्केकाहरूमा टर्की, लेबनान, जोर्डन, इजिप्ट र इराकबाट आएका ७ लाख ५० हजार भन्दा बढी शरणार्थीहरू र १६ लाखभन्दा बढी आन्तरिक रूपमा विस्थापित सिरियालीहरू समावेश छन् ।  संयुक्त राष्ट्र संघको शरणार्थी उच्चायुक्तको सिरिया कार्यालयकी प्रवक्ता सेलिन स्मिटले बताउनु भयो । 

    नागरिक कागजातहरू पुनस्र्थापित गर्नु पनि जरुरी रहेको बताउनु भयो ।