२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

भारतको ७९ औँ स्वतन्त्रता दिवस

शुक्रवार , श्रावण ३०, २०८२

  • 426
    Shares
  • 426
    Shares
  • काठमाडौं, ३० साउन । भारतले ७९ औँ स्वतन्त्रता दिवस भव्यताका साथ मानिरहेको छ ।

    दिल्लीको लालकिल्लाबाट  प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको आजको  सम्बोधन ऐतिहासिक पनि छ । प्रधानमन्त्री मोदीको लालकिल्लाबाट यो १२ औँ पटकको  सम्बोधन हो । साथै  प्रधानमन्त्री मोदीले १०३ मिनेट लामो भाषण गर्नुभयो ।

    जुन भारतको इतिहासमा कुनैपनि प्रधानमन्त्रीले स्वतन्त्रता दिवसको अवसरमा दिएको सबैभन्दा लामो भाषण पनि हो । प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा ‘आत्मनिर्भर भारत’ र सन् २०४७ सम्म ‘विकसित भारत’ को दृष्टिकोणलाई जनता सामु राख्नुभएको छ । 
    प्रधानमन्त्री मोदीले देशभित्र रोजगारी प्रवद्र्धन गर्नका लागि ‘प्रधानमन्त्री विकसित भारत रोजगार योजना’ नामको नयाँ योजनाको पनि शुरुवात गरिएको घोषणा गर्नुभयो ।

    एक लाख करोड रुपैयाँ खर्च हुनेगरी बनाइएको रोजगार योजनामा निजी क्षेत्रमा पहिलो रोजगारी पाउने युवा युवतीलाई १५ हजार भारतीय रुपैयाँ दिने घोषणा गर्नुभयो । रोजगारी दिने कम्पनीहरुलाई पनि प्रोत्साहनस्वरुप सहयोग गरिने प्रधामन्त्री मोदीले बताउनु भयो। प्रधानमन्त्री विकसित भारत रोजगार योजनाले ३ करोड ५० लाख बढी युवा युवतीलाई नयाँ रोजगारको अवसर प्रदान गर्ने बताउनु भयो। 

    आफ्नो लामो भाषणमा उहाँले पाकिस्तान र अमेरिकाको पछिल्लो कदमको आलोचना गर्नुभएको छ । देशको आत्मनिर्भरता केबल रुपैयाँ वा आयात–निर्यातमा सिमित नभएको बताउँदै प्रधामन्त्री मोदीले अब पनि अन्य देशहरूमा निर्भर रहनु ‘विनाशको बाटो भएको बताउनुभएको छ । 

    प्रत्यक्ष रुपमा संयुक्त राज्य अमेरिकाको नाम नलिइकनै उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पको ५०% शुल्क (ट्यारिफ) लगाउने धम्कीको जवाफ दिँदै आफू ‘पर्खाल बनेर उभिने’ र भारतीय किसानको हितको रक्षा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।