
मंगलवार , चैत्र ३१, २०७७
बुटवल, ३१ चैत्र।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको बुटवलमा सम्पन्न सचिवालय कमिटिको बैठकले पार्टी कामलाई ब्यबस्थित गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ। बैठकले २०७७ साल फागुन २३ गतेअघि गठन गरेका सबै कमिटीहरुलाई नेकपा (एमाले)मा परिणत गरी सम्मेलन आयोजक कमिटी कायम गर्ने निर्णय भएको जनाएको छ।
पार्टीका अध्यक्ष लिला गिरीको अध्यक्षता र प्रदेश ईन्चार्ज शंकर पोखरेलको बिशेष उपस्थितीमा सम्पन्न उक्त बैठकले लुम्बिनी प्रदेश मातहतका जिल्ला कमिटीहरुको बैठक आयोजना गर्ने मितिसमेत तय गरेको छ। जसअनुसार चैत्र ३० गते पाल्पा, बैशाख ४ गते कपिलवस्तु, ५ गते दाङ्ग, ९ गते रुकुम पुर्व, १० गते रोल्पा, बैशाख ११ गते रुपन्देही र प्युठान, १२ गते गुल्मी, १३ गते नवलपरासी, १४ गते बर्दिया, १५ गते बाँके र बैशाख २५ गते अर्घाखाँचीको बैठक आयाजना गरी पार्टी कामलाई ब्यवस्थित गर्न निर्देशन गरिएको हो।
बैठकले प्रदेश र जिल्ला कमिटीहरुको सचिवालय संख्यासमेत निर्धारण गरेको छ। जसअनुसार बैठकले लुम्बिनी प्रदेश कमिटी ६५ सदस्यीय कायम गरेको छ भने जिल्ला कमिटीहरुको हकमा १ मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा ३१ सदस्यीय, २ वटा निर्वाचन क्षेत्र भएको जिल्लामा ३७ सदस्यीय, ३ वटा क्षेत्र भएको जिल्लामा ४१ सदस्यीय र ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा ५१ सदस्यीय सचिवालय गठन गर्न निर्देशन गरेको संगठन विभाग प्रमुख भुमिश्वर ढकालले बताएका छन्।
बैठकले २०७७ चैत्रदेखि २०७८ चैत्र मसान्तसम्मको पार्टी संगठित सदस्यहरुको सदस्यता नवीकरण र सोको अभिलेखिकरण समेत गरी असार मसान्तभित्र प्रदेश कमिटीमा पठाउन निर्देशन गरेको छ । त्यस्तै जिल्ला स्तरमा संगठन निर्माण गर्न बाँकी रहेका पार्टी सम्वद्ध जनसंगठनहरुको बैशाख मसान्तभित्र जिल्ला भेला आयोजना गरी कमिटी निर्माण गरिसक्ने, कमिटी बनिसकेका जिल्लामा तल्लो तहसम्म संगठन निर्माण अभियान सञ्चालन गर्न र हाल खाली रहेका प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरुको रिक्त स्थानमा जुनसुकै समय पनि उपनिर्वाचन हुन सक्ने भएकाले सो को पूर्ण तयारी गर्न समेत निर्देशन गरेको कमिटीका सचिव खेममान खड्काले बताए।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष लिला गिरीको अध्यक्षतामा बसेको बैठकमा लुम्बिनी प्रदेश सह–इन्चार्जहरु दलबहादुर राना, बैजनाथ चौधरी, गिरिधारीलाल न्यौपाने, केन्द्रीय सदस्यहरु लक्ष्मण ज्ञवाली, दिनेश पन्थी, नजिर मिया, दधिराम न्यौपाने, एकराज बिश्वकर्मा, बिमला घिमिरे, मोहम्मद हारुन हलुवाई र पार्टी नेताहरु नेत्र पन्थी, धनेन्द्रराज घिमिरे, कमलराज श्रेष्ठ, देवराज भार, छविलाल ओली रहेको प्रदेश सचिव लगाएतको उपस्थिती रहेको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij