२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनद्वारा तीज मिलन कार्यक्रम

सोमवार , भाद्र २, २०८२

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, २ भदौ । राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित संगठन, रुपन्देहीले आइतबार बुटवलमा ६२ औं राष्ट्रिय भेदभाव तथा छुवाछुतविरुद्धको दिवस मनाउनुका साथै तथा महिला दिदीबहिनीहरुको तीज मिलन कार्यक्रम गरेको छ। 

    संगठनका जिल्ला संयोजक सन्दिप परियारको अध्यक्षता, लुम्बिनी प्रदेश सभाको उपसभामुख मेनुका खाँण केसीको प्रमुख आतिथ्यता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही जिल्ला सचिव बलराम शर्माको विशिष्ट आत्थियता, राष्ट्रिय प्रजतान्त्रिक युवक संगठन जिल्ला अध्यक्ष सन्दिप थापा, राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनका केन्द्रीय सदस्य राजेन्द्र क्षेत्री, राप्रपा रुपन्देही क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष सद्दाम शाह लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा बोल्ने वक्ताहरुले तत्कालिन राजा महेन्द्रले गरेको जातीय छुवाछूत उन्मुलन आधुनिक इतिहासकै क्रान्तिकारी कदम भएको बताउनुभयो । उहाँहरुले २०१९ भदौ १ गतेकै दिन राजा महेन्द्रले नयाँ मुलुक ऐन जारी गरी जातीय छुवाछूत उन्मुलन गराउनुभएको बताउनुभयो ।

    राप्रपा बुटवल उपमहानगरपालिका संगठन विभाग प्रमुख कमल भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला, क्षेत्र, प्रदेश प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो ।