२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

एमाले नेपाल समूहद्वारा रुपन्देहीमा समानान्तर कमिटी 

अध्यक्षमा गुरुङ, उपाध्यक्ष घिमिरे, सचिवमा चौधरी

मंगलवार , चैत्र ३१, २०७७

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • बुटवल, ३१ चैत ।

    नेपाल कम्युनिष्ट पार्टी एमाले (माधव नेपाल) पक्षले रुपन्देहीमा समानान्तर कमिटी गठन एवं विस्तार गरेको छ । मंगलबार बुटवलमा एक भेलाको आयोजना गरी नेपाल समूहले राजु गुरुङको अध्यक्षतामा २ सय ५ सदस्यीय समानान्तर कमिटी निर्माण गरेको हो। 
    नेपाल पक्षीय जिल्ला कमिटीको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी तोकिएको अध्यक्ष राजु गुरुङले बताए ।

    नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालको उपस्थितिमा नेपाल पक्षले जिल्ला कमिटी घोषणाा गरेको जिल्ला कमिटिका सदस्य तथा बुटवल उपमहानगर कमिटिका अध्यक्ष चिनबहादुर गुरुङले बताए।

    जिल्ला कमिटीको विस्तारित बैठकबाट एमाले रुपन्देही कमिटीको पुनर्गठन गरिएको क्षेत्रीय कमिटी, पालिकास्तरीय इञ्चार्ज र जनवर्गिय संगठनमा संयोजक समेत तोकिएको जिल्ला सदस्य खेम लुइटेलले जानकारी दिए ।

    एमालेमा विवाद चुलिँदै गएपछि नेपाल पक्षले देशभर समानान्तर कमिटी घोषणालाई तीव्र पारेको छ । यसअघि नेपाल पक्षले लुम्बिनी प्रदेशका अर्घाखाँची, नवलपरासी र बाँकेमा समानान्तर कमिटी विस्तार गरिसकेको जनाएको छ । अब निकट भविष्यमा लुम्बिनी प्रदेशका बाँकी जिल्ला र पालिकास्तरमा समेत कमिटी गठन हुने अध्यक्ष गुरुङले बताए ।