
मंगलवार , चैत्र ३१, २०७७
कपिलवस्तु। ट्रकको ठक्करबाट कपिलबस्तुमा एक जना पत्रकारको ज्यान गएको छ।
पत्रिकाको काम सम्पादन गरेर घर तर्फ फर्कने बेलामा ट्रककले ठक्कर दिदा कपिलवस्तुका सक्रिय पत्रकार नन्दराम पौडेलको ज्यान गएको हो।
पत्रिकाको काम गरेर बुद्धभूमि स्थित घरतर्फ फर्किने क्रममा बाणगंगा नगरपालिका वडा नम्बर ८ चप्पर गाँउमा ट्रकले ठक्कर दिदा पौडेलको ज्यान गएको कपिलबस्तु प्रहरीले जनाएको छ।
पश्चिम तर्फबाट आईरहेको ट्रकले विपरित दिशाबाट गईरहेको मोटरसाईकललाई ठक्कर दिएको ईलाका प्रहरी कार्यलय पिपराले जनाएको छ। ट्रकले ठक्कर दिदा उनको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
पौडेलको मृत्यु पछि बाणगंगा ८ चप्परगाउँमा स्थानीयले सडक अवरुद्ध गरेका छन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij