२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

दुर्गा सामुदायिक सेवा केन्द्रद्वारा तीज मिलन कार्यक्रम

मंगलवार , भाद्र ३, २०८२

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, ३ भदौ । श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका–३, ५ र ६ ले सोमबार भैरहवामा तीज मिलन कार्यक्रम गरेको छ । हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा कार्यक्रम गरिएको सेवा केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताले बताउनुभयो ।

    सेवा केन्द्रका अध्यक्ष गुप्ताको अध्यक्षता, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता, प्रहरी निरीक्षक अमृता के.सी.को विशिष्ट आतिथ्यता, एकता महिला समूहकी अध्यक्ष शकुन्तला न्यौपाने, सक्षम सहारा महिला बहुउद्देश्यीय समूहकी अध्यक्ष शान्ता कंडेल, दिदीबहिनी महिला समूहकी अध्यक्ष पुनम क्षेत्री, जैसवाल महिला समिकिी अध्यक्ष पुनम जयसवाल र श्याम मित्र मण्डलका अध्यक्ष राजेन्द्र गुप्ताको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा श्री दुर्गा सामुदायिक सेवा केन्द्रका निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठ, लाजिना अर्याल, पुनम जयसवाल, आनन्द प्रसाद न्यौपाने लगायतले मन्तव्य राख्नुभएको थियो ।

    WhatsApp Image 2025-08-19 at 11.45.36 AM (1).jpeg

    कार्यक्रम संयोजक नन्द किशोर यादवको स्वागत तथा शान्ता कंडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    WhatsApp Image 2025-08-19 at 11.45.36 AM (2).jpeg