२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

इनरव्हील क्लब अफ लुम्बिनीद्वारा तीज मिलन, १० स्वावलम्बी महिला सम्मानित

मंगलवार , भाद्र ३, २०८२

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, ३ भदौ । इनरव्हील क्लब अफ लुम्बिनीले तीज मिलन कार्यक्रम गरेको छ । सोमबार भैरहवामा आयोजित कार्यक्रममा विभिन्न पेशामा संलग्न १० जना स्वावलम्बी महिलाहरूलाई सारी, चुरा, पोते र टीका प्रदान गर्दै सम्मान गरिएको छ । यसले समाजमा सबै महिलाले एउटै भावना र तरिकाले तीज मनाउनुपर्ने सन्देश दिएको क्लबले जनाएको छ ।

    सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यता, गैरसरकारी महासंघ रुपन्देहीकी उपाध्यक्ष समिता मल्लको विशिष्ट आतिथ्यता, इनरव्हील क्लब अफ लुम्बिनी संस्थापक अध्यक्ष ज्ञानु पौड्याल, क्लबकी पूर्व अध्यक्ष रचना क्षेत्री, सह–कोषाध्यक्ष सुनिता आचार्य, सह–सचिव पवित्रा पन्थी, आईएसओ अर्चना विक्रम मल्ल, सम्पादक मनु भुर्तेल, बोर्ड सदस्यहरु सुष्मा शर्मा, अनिता चौधरी, निलम थापा, सदस्य ज्ञानु पुन सेन, संगीता भट्टराई लगायतको सहभागीता थियो ।

    सो अवसरमा बोल्दै नगर उपप्रमुख अधिकारीले क्लबले समाजमा नयाँ सोच र सकारात्मक परिवर्तन ल्याउने खालका कार्यक्रम सञ्चालन गरेको भन्दै अध्यक्ष नारायणी नेपाल र सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले क्लबको हरेक रचनात्मक कार्यमा आफू निरन्तर साथमा रहेको पनि बताउनुभयो ।

    इनरव्हील क्लब अफ लुम्बिनी वर्ष २०२५/२६ की अध्यक्ष नारायणी नेपाल अधिकारीको अध्यक्षता, कार्यक्रम संयोजक एवं क्लबकी उपाध्यक्ष कोपिला मरासिनीको स्वागत तथा सचिव कमला भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    5289cef2-ca63-4b16-a37e-c89daef8c9e7.jpeg

    अध्यक्ष नारायणी नेपाल अधिकारीले भन्नुभयो–‘निस्वार्थ भावनाले काम गर्दा कुनै प्रतिफलको अपेक्षा हुँदैन । तर, समाजमा आएको सानो परिवर्तन नै हाम्रो पुरस्कार हो । शिक्षा, स्वास्थ्य, सचेतना, वातावरण तथा महिला–बालबालिकाको हितका लागि गरेका गतिविधिहरू केवल कार्यक्रम मात्र होइनन्, यो हाम्रो जीवनशैली र मानवीय कर्तव्यको प्रतीक हुन् ।’