२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

राप्रपा रुपन्देही क्षेत्र नम्बर ४ को घोषणा सभा

बुधवार , बैशाख १, २०७८

भैरहवा, १ वैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही संसदीय निर्वाचन क्षेत्र नम्बर ४ प्रदेशसभा (क र ख) कार्यसमितिको घोषणा सभा सम्पन्न भएको छ । क्षेत्र नम्बर ४ मा सद्दाम हुसेन शाहको अध्यक्षतामा २६ सदस्यीय, क्षेत्र नम्बर ४ (क) मा रमापति यादवको अध्यक्षतामा २३ सदस्यीय र ४ (ख) मा रियाजुद्दिन खानको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको थियो ।

त्यस्तै मायादेवी गाउँपालिकामा ओमप्रकाश लोधको अध्यक्षतामा २६ सदस्यीय, मर्चवारीमा ओमप्रकाश पाण्डेको अध्यक्षतामा २४ सदस्यीय, सम्मरीमाईमा उदयराज सिंहको अध्यक्षतामा २९ सदस्यीय र कोटहीमाई गाउँपालिकामा गंगाराम यादवको अध्यक्षतामा २६ सदस्यीय समिति निर्वाचित भएको थियो ।

त्यसै गरी तिलोत्तमा नगरपालिकामा राधिका पाण्डेको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको राप्रपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।

राप्रपा वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराको प्रमुख आतिथ्यता, पार्टीका केन्द्रीय सम्पादन समिति सदस्य तथा पूर्व गृहमन्त्री निरञ्जन थापाको विशिष्ट आतिथ्यता, केन्द्रीय सम्पादन समिति सदस्य ताहिर अली, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय, रुपन्देही अध्यक्ष सागर प्रताप राणाको आतिथ्यता, केन्द्रीय, जिल्ला तथा क्षेत्रका नेताहरुको उपस्थिति रहेको थियो ।

एमाले र माओवादी परित्याग गरी राप्रपामा

राप्रपा रुपन्देही संसदीय निर्वाचन क्षेत्र नम्बर ४ प्रदेशसभा (क र ख) कार्यसमितिको घोषणा सभामा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेताहरु राप्रपामा प्रवेश गरेका छन् । माओवादी केन्द्र क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष बुद्धिराम प्रसाद चौहान (बिहारी बाबु) र एमाले मायादेवी गाउँपालिका सदस्य सन्तोष चौधरी (रामु) राप्रपामा प्रवेश गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिए । उनीहरुलाई राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराले पार्टीमा प्रवेश गराएका थिए ।